आधारभूत पौडी प्रशिक्षक प्रशिक्षण तालिम शुरू

 भदौ ११, २०८१ मंगलबार १५:१९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल पौडी सङ्घको आयोजनामा ललितपुरको सातदोबाटोमा रहेको पौैडी पोखरीमा आधारभूत पौडी प्रशिक्षक प्रशिक्षण तालिम शुरू भएको छ ।

तालिमको एक कार्यक्रमबीच नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले उद्घाटन गर्नुभएको छ । तालिमको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले आउँदो वर्षदेखि नेपालमा पौडी प्रशिक्षकको अभाव हुन दिने बताउनुभयो ।

तालिममा २५ जना प्रशिक्षार्थी सहभागी रहेका सङ्घले जनाएको छ । तालिम यही भदौ १५ गतेसम्म सञ्चालन हुनेछ । यो वर्ष सङ्घले पाँच प्रदेशसहित केन्द्रमा तालिम सञ्चालन गर्न लागेको हो । कोशी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशमा भदौ अन्तिमदेखि तालिम सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति लिइसकेको सङ्घका प्रवक्ता उमेश प्रधानले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया