उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
रुसको पछिल्लो आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको जवाफ दिने बताउनुभएको छ । रुसको आक्रमणमा चार जनाको ज्यान गएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सही ढङ्गले त्यसको जवाफ दिने बताउनुभएको बीबीसीले जनाएको छ । युक्रेनमा गएरातिदेखि रुसले गरेको आक्रमणमा अन्य १६ जना घाइते भएका छन् ।
यस्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले हिजोदेखि युक्रेनका नागरिक र पूर्वाधारलाई लक्षित गरी ९० पटक हवाई आक्रमण गरेको बताउनुभएको छ । यसमा कम्तीमा ८१ ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइल रहेका खबरमा उल्लेख छ ।
जेलेन्स्कीले रुसको वर्तमान र विगतका आक्रमणहरूको जवाफ पक्कै दिने तथा मानवताविरुद्धको अपराधलाई नछोडिने सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।
युक्रेनको वायुसेनाले रुसको पाँच वटा मिसाइल र ६० वटा ड्रोन खसालेको दाबी गरेको छ ।
युद्ध शुरू भएपछिकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको एक दिनपछि रुसले युक्रेनमा अर्काे चरणको आक्रमण शुरू गरेको हो । हिजो युक्रेनको आधाभन्दा बढी क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण हुँदा सात जनाको ज्यान गएको थियो भने कैयौं व्यक्ति घाइते भएका थिए ।
युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रका विभिन्न ठाउँमा प्रवेश गरेपछि रुसले आक्रमण तीव्र पारेको हो । रुस र युक्रेनबीच साढे दुई वर्षदेखि युद्ध भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।