युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँग युद्ध अन्त्य गर्ने योजना अमेरिकी राष्ट्रपतिसमक्ष प्रस्तुत गर्ने

 भदौ १२, २०८१ बुधबार ६:२९:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका माध्यमबाट रुससँगको युद्ध अन्त्य गर्ने योजना अमेरिकी राष्ट्रपति जो बाइडेन समक्ष प्रस्तुत गर्ने बताउनुभएको छ ।

२ वर्षभन्दा लामो समयदेखि चलिरहेको युक्रेन–रुस युद्धवार्ता मार्फत नै समाप्त गर्न सकिने दाबी गर्दै राष्ट्रपति जेलेन्स्कीले बाइडेन र आउने राष्ट्रपति चुनावका लागि उमेद्वार रहेका अरु दुई जनालाई पनि आफ्नो योजनाबारे जानकारी दिने बताउनुभएको हो । तर यसको लागि युक्रेन बलियो स्थितिमा हुनुपर्ने जेलेन्स्कीको भनाइ छ ।

रुसको कुर्स्क क्षेत्रमा तीन हप्ताअघि आक्रमण शुरू गरेर रुसको १ हजार बर्गकिलोमिटर भूमि कब्जा गर्नु पनि युद्ध अन्त्यकै योजनाको हिस्सा भएको युक्रेनको दाबी छ । तर यसले आर्थिक र कूटनीतिक गतिविधिमा समेत प्रभाव पारेको भन्दै युक्रेनलाई योजना अघि बढाउन समस्या भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि रुसलाई युद्ध अन्त्य गर्न बाध्य बनाउन बुनेका कुनै पनि योजना सफल नभएपछि अब वार्तामार्फत युद्ध अन्त्य गर्ने योजना रहेको जेलेन्स्कीले बताउनुभएको छ । जेलेन्स्की आउने सेप्टेम्बरमा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र महासभामा भाग लिन अमेरिका जाने र बाइडेनलाई भेट्ने तयारीमा हुनुहुन्छ ।

उहाँले अन्तर्राष्ट्रिय शान्ति शिखर सम्मेलनमा जस्तै वार्ताका लागि रुसका प्रतिनिधि पनि महासभामा भाग लिन आउने अपेक्षा रहेको बताउनुभएको छ । कीभको शान्तिवार्ताका लागि यसअघि स्विट्जरल्याण्डमा पहिलो शिखर सम्मेलन भएको थियो । भूमि विवाद चर्किएपछि रुसले युक्रेनमा सन् २०२२ फेब्रअरी २४ देखि आक्रमण शुरू गरेको थियो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया