बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या एक हजारभन्दा धेरै

चार सय जनाभन्दा धेरैको आँखाको ज्याेति गुम्याे

 भदौ १४, २०८१ शुक्रबार १५:१९:३२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले गरेको आन्दोलनका क्रममा एक हजार जनाभन्दा धेरैको ज्यान गएको पाइएको छ ।

बङ्गलादेशकी स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमले आन्दोलनका क्रममा एक हजार जनाभन्दा धेरैको ज्यान गएको र स्पष्ट विवरण तयार पार्ने काम भइरहेको बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस्तै आन्दोलनका क्रममा चार सय जनाभन्दा धेरैले आँखाको ज्योति गुमाएका पनि उहाँले जानकारी दिनुभएको छ । राजरबाघमा रहेको केन्द्रीय प्रहरी अस्पतालमा आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न गएको समयमा उहाँले पत्रकारहरूसँग कुरा गर्दै क्षतिबारेमा जानकारी गराउनुभएको हो ।

यसअघि मानव अधिकार सहायता समाजले आठ सय १९ जनाको ज्यान गएको विवरण सार्वजनिक गरेको थियो ।

यस्तै जुलाई १६ देखि अगस्ट ११ सम्म आन्दोलनको क्रममा बङ्गलादेशमा ६ सय ५० जनाको ज्यान गएको मानव अधिकारका लागि यूएनको उच्च आयुक्तको कार्यालयको प्रारम्भिक प्रतिवेदनले देखाएको थियो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया