उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – एन्फा महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ । लिगको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका खेल्दैछन् । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा शुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा प्रवेश निःशुल्क छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) काअनुसार लिग दुई चरणमा हुनेछ ।
लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । विभागिय तीन टोली (त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लब), ए, बी र सी डिभिजन क्लबबाट दुई टोली (सङ्कटा र बाग्मती), नगरपालिकाका दुई टोली (वालिङ र चन्द्रपुर नगरपालिका) तथा छनोट चरणका उत्कृष्ट तीन टोली (कोशी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश) ले पहिलो चरणमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।