उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज २ वटा खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा दिउँसो साढे १२ बजे कोशी प्रदेश र नेपाल पुलिस क्लव खेल्दैछन् ।
कोशी प्रदेशले यसअघि खेलेका सबै खेल जितेको छ । यसअघि विभागीय टोलीसँग कोशीले खेलेको छैन । पुलिसले पहिलो खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफसँग गोलरहित बराबरी खेल्दा सुदूरपश्चिम र बाग्मतीलाई हराएको थियो ।
यस्तै आजै हुने दोस्रो खेलमा दिउँसो साढे ३ बजे कर्णाली प्रदेश र सङ्कटा क्लव खेल्दैछन् । यसअघि सवा ४ बजे तय भएको खेल हिजो अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले परिवर्तन गरेको खेल तालिका अनुसार साढे ३ बजे हुन लागेको हो ।
तालिकामा कोशी ९ अङ्कसहित शीर्ष स्थानमा छ । पुलिस र एपिएफको समान ७ अङ्क छ । गोलअन्तरमा पुलिस दोस्रो स्थानमा छ । आर्मी र वालिङ नगरपालिकाको समान ६ अङ्क रहँदा बाग्मतीको ६ अङ्क छ । चन्द्रपुर नगरपालिकाको २ तथा सङ्कटा र कर्णालीको समान एक अङ्क छ । सुदूरपश्चिमले खाता खोल्न सकेको छैन । १० टोली सहभागी लिगको शीर्ष ५ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।