कुवेती दिनार र वनको भाउ केही बढ्यो

 मंसिर १०, २०७५ सोमबार १०:५८:४७ | उज्यालो सहकर्मी

काठमाडौं – सोमबार रियाल, रिंगिट, दिर्हाम र बहराइन दिनारको भाउ सोमबार स्थिर छ । कुवेती दिनार र कोरियन वनको मूल्य भने केही पैसाले बढेको छ । 

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ०६  पैसा र बिक्रिदर ३० रुपैयाँ २२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रिदर ३१ रुपैयाँ १४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७०  पैसा र बिक्रिदर ३० रुपैयाँ ८७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा र बिक्रिदर २७ रुपैयाँ ०३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९५ र बिक्रिदर १० रुपैयाँ रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ७१ रुपैयाँ १७ पैसा छ भने बिक्रिदर ३ सय ७३ रुपैयाँ १४ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९९ रुपैयाँ १५ पैसा र बिक्रिदर ३ सय ७४ पैसा रहेको छ ।

 नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया