उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – दोस्रो टी–२० क्रिकेटमा इंग्ल्यान्डले अस्ट्रेलियालाई तीन विकेटले हराएको छ । गएराति कार्डिफमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले इंग्ल्यान्डलाई एक सय ९४ रनको लक्ष्य दिएको थियो ।
इंग्ल्यान्डले ६ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो । उसका लियाम लिभिङस्टोनले सर्वाधिक ८७ रन बनाए । त्यसअघि अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । उसका जेक फ्रेसर म्यागर्कले सर्वाधिक ५० रन बनाए ।
इंग्ल्यान्डका लियाम लिभिङस्टोन र ब्राइडन कार्सले समान दुई विकेट लिए । पहिलो खेलमा अस्ट्रेलिया २८ रनले विजयी भएको थियो । तीन खेलको श्रृङ्खला एक/एकको बराबरी भएको छ । दुई देशबीचको तेस्रो तथा निर्णायक टी–२० भोलि हुनेछ । त्यसपछि पाँच खेलको एकदिवसीय श्रृङ्खला हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।