उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
लमजुङ – पहिरोले अवरुद्ध लमजुङको डुम्रे–बेँसीशहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–१ को उदिपुर, दलाललगायतका ठाउँमा अविरल वर्षाले पहिरो जाँदा हिजो आइतवार बेलुकादेखि सडक अवरुद्ध भएको थियो ।
पानी निरन्तर रूपमा परिरहे पनि एस्काभेटरले विभिन्न ठाउँको पहिरो हटाएसँगै आज बिहानदेखि गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोले सडक अवरुद्ध बनाएसँगै बेँसीशहरबाट काठमाण्डौै, तनहुँ, पोखरा जाँदै गरेका र त्यहाँबाट बेँसीशहर आउँदै गरेका अलपत्र परेका थिए । अहिले भने सबै गाडी गन्तव्यतर्फ गइरहेको प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।