नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानका लागि सात अर्ब डलर ऋण स्वीकृत गरेको छ । पाकिस्तानको प्रधानमन्त्री कार्यालयले आईएमएफले सात अर्ब डलर ऋण स्वीकृत गरेको जनाएको 'बीबीसी हिन्दी' ले उल्लेख गरेको छ ।
आर्थिक पुनर्स्थापनाका लागि आईएमएफले दिएका सुझावहरू कार्यान्वयनलाई तीव्रता दिएपछि ऋण अनुमोदन भएको पाकिस्तानकाे प्रधानमन्त्री कार्यालयले जनाएको छ । आर्थिक स्थिरता प्राप्त गरेपछि पाकिस्तानले आर्थिक विकासका लक्ष्यहरू प्राप्त गर्न कडा कदम चाल्नेछ । पाकिस्तानले कृषि कर संरचनामा सुधार गर्ने, राज्यहरूलाई वित्तीय अनुशासनका लागि जिम्मेवार बनाउने र केही अन्य कडा सुधारहरू लागू गर्ने प्रतिज्ञा गरेपछि बल्ल आईएमएफले सात अर्ब डलरको ऋण स्वीकृत गरेको हो ।
'जियो न्यूज' का अनुसार नयाँ ऋणको पहिलो किस्ताबापतको एक अर्ब एक करोड डलर आउँदो सोमवार जारी हुने अपेक्षा छ ।
खराब आर्थिक अवस्थाका कारण पाकिस्तान आईएमएफको ऋणमा निर्भर छ । सन् १९५८ देखि पाकिस्तानले २२ पटक ऋणका लागि आईएमएफमा निवेदन दिएको छ । आईएमएफ पाकिस्तानको पाँचौं ठूलो ऋणदाता हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।