बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डौ – साना तथा मझौला गाडीबाट देशका पूर्वी जिल्ला आवतजावत गर्ने बीपी राजमार्ग बाढीले बगाएर ठप्प भएपछि त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा गाडीको चाप बढेको छ ।
त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्ड र पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डमा गाडीको चाप बढेको हो । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चौकीडाँडादेखि सिन्धुलीको सुनकोशी गाउँपालिकाको सिमाना नेपालथोकसम्म झन्डै ९० प्रतिशत सडक क्षतविक्षत छ ।
बीपी राजमार्ग प्रयोग गरेर कोशी प्रदेशको सबै र मधेश प्रदेशको धेरै जिल्ला जाने गाडीले अहिले पृथ्वी राजमार्ग प्रयोग गरिरहेका छन् । झ्याप्ले खोलाको पहिरोका कारण चार दिनसम्म रोकिएका गाडीको चापसँगै बीपी राजमार्गमा चल्ने गाडी पनि थपिँदा पृथ्वी राजमार्ग झन् व्यस्त बनेको छ ।
गाडीको चाप बढेपछि जाम र दुर्घटनाको जोखिम पनि त्यत्तिकै रहेको भन्दै प्रहरीले जोखिमपूर्ण ठाउँमा आलोपालो गरी गाडी पास गराउँदै आएको छ । सम्भावित दुर्घटनालाई मध्यनजर गरी ६० जना प्रहरी थप गरी राजमार्गमा परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।
सामान्यतया दैनिक १३ हजार गाडी आवतजावत हुने पृथ्वी राजमार्गमा दशैँको रौनकले गाडी र यात्रुको चाप बढेको छ । बीपी राजमार्गमा चल्ने गाडीले पनि यही सडक प्रयोग गर्न थालेपछि राजमार्गमा गाडीको चाप अत्यधिक भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।