बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डौ – आज आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापना । हनुमानढोकाको नासल चोकमा रहेको दशैँघरमा बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा घटस्थापना गरिएको छ ।
यस अवसरमा नेपाली सेनाको गुरुजुका पल्टनले मङ्गल धुन बजाउनुका साथै हर्षबढाइँ पनि गरेका छन् । घटस्थापना गरिएसँगै नेपाली हिन्दूहरूको ठूलो महान् चाड बडादशैँ शुरू भएको छ ।
बडादशैँको पहिलो दिन घटस्थापनाका दिन शुभ साइत पारेर घर–घरमा जमरा राखेपछि दशैँ शुरू भएको मानिन्छ ।
आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैँघरमा विधिपूर्वक जौ, मकैको जमरा राख्ने गरिन्छ ।बडादशैँको मुख्य दिन विजयादशमीमा भगवती देवी दुर्गाको प्रसादका रूपमा त्यही जमरा र टीका लगाइन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।