उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । पाकिस्तानले दिएको १ सय ६ रनको लक्ष्यपछ्याएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ८ रन बनायो ।
भारतका लागि शेफाली वर्माले सर्वाधिक ३२ रन बनाइन् । पाकिस्तानकी फातिमा सानाले २ विकेट लिइन् । यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । पाकिस्तानकी निदा दारले २८ रन बनाइन् । भारतका लागि अरुन्धती रेड्डीले ३ विकेट लिईन् ।
यस्तै हिजो भएको दोस्रो खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डले दिएको १ सय रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ११ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।
वेस्ट इन्डिजकी क्वीना जोशेफले सर्वार्धिक ३१ रन बनाउँदा स्कटल्याण्डकी अफि फ्लेचरले ३ विकेट लिइन् । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । उसका लागि अइल्सा लिइष्टरले २६ रन बनाइन् । वेस्ट इन्डिजकी ओलिभिया बेलले २ विकेट लिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।