दाङमा ५० किलाेभन्दा धेरै लागूऔषधसहित तीन जना पक्राउ

 असोज २३, २०८१ बुधबार १८:२६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : दाङ प्रहरी

दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनाबाट ५० किलोभन्दा धेरै लागूऔषध अफिम र चरेससहित तीन जना पक्राउ परेका छन् ।

गोप्य सूचनाका आधारमा सुविन्द्र पुन र चेतन बुढालाई पक्राउ गरेर खानतलासी गर्दा अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख अर्जुन तिमिल्सेनाले जानकारी दिनुभयो । सोधपुछका क्रममा अफिम रुकुम पूर्वका बिनी पुनबाट खरिद गरेको खुल्न आएपछि प्रहरीले बिनी पुनको डेरामा छापा मारेर थप चरेस र अफिम बरामद गरेको हो ।

पक्राउ पर्नेहरूमा ३७ वर्षीय सुविन्द्र पुन, ५१ वर्षीय चेतन बुढा र ४२ वर्षीय बिनी पुन रहेका छन् । प्रहरीले उनीहरूको साथबाट ३८ किलो ९ सय ७२ ग्राम चरेस र ११ किलो १ सय ८० ग्राम अफिमसहित विभिन्न उपकरणहरू बरामद गरेको छ । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया