पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार आज पनि घटेको छ । हिजो २० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव २५ अङ्कले घटेर दुई हजार ६ सय २७ दशमलव १४ विन्दुमा झरेको छ ।
आज जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल एसबीआई बैंकको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।
आज कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय १७ वटा कम्पनीका एक करोड २२ लाख कित्ता शेयर ५ अर्ब ४१ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनीको ३४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।