तिहार बिदाअघि शेयर बजार १४ अङ्कले घट्यो, कारोबार रकममा पनि कमी

 कात्तिक १४, २०८१ बुधबार १५:१०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो उच्च अङ्कले बढेको शेयर बजार आज घटेको छ । तिहार बिदाअघि शेयर बजार परिसूचक नेप्से १४ दशमलव ४३ अङ्कले घटेर दुई हजार ६ सय ७७ दशमलव ६२ विन्दुमा झरेको छ ।

आज होटल, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, फाइनान्स, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज जानकी फाइनान्स र लाइफ इन्सुरेन्स कर्पाेरेशन नेपाल कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त, मिड सोलु हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ६ अर्बभन्दा धेरैको शेयर कारोबार भएकोमा आज तीन सय पाँच वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर पाँच अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएका छन् ।

आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै ३४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया