पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – विश्व महामारी सम्झौता समतामूलक र सहकार्ययुक्त बनाउन नेपालले पहल गर्नुपर्ने अभियानकर्मीले बताएका छन् ।
यही नोभेम्बरमा विश्व स्वास्थ्य सङ्गठनले गर्न लागेको विश्व स्वास्थ्य महामारी सम्झौता सम्मेलनमा महामारीविरुद्ध लागू हुने विश्वव्यापी सुरक्षामा एशियाली देशको पहुँच सुनिश्चितताका लागि पहल हुनुपर्ने उनीहरूको भनाइ छ ।
महामारीविरुद्ध विश्वव्यापी सहयोग र समानतामा रहेको खाडल पुर्नका लागि आवश्यक पहल गर्दै आएको एड्स हेल्थ केयर फाउन्डेशन (एएचएफ) नेपालले विश्व स्वास्थ्य महामारी सम्झौतामा क्षेत्रीय देशहरूको समतामूलक पहुँचको सुनिश्चितता हुने गरी पारित हुनुपर्नेमा जोड दिएको हो ।
फाउन्डेशनले महामारीबाट बच्न आवश्यक पर्ने स्वास्थ्य उपकरणहरू जस्तै– खाेप, जीवन रक्षक औषधि, स्वास्थ्य उपकरण, सूचना र विशेषज्ञता तथा स्वास्थ्य सेवामा एशियाली देशको आर्थिक क्षमताका साथै समान पहुँचको सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै आएको छ ।
कोभिड–१९ को महामारीपछि आपत्कालीन तयारी र प्रतिक्रियाका सन्दर्भमा कम आय भएका राष्ट्रहरूको पहुँच नहुँदा महामारीको असर बढी झेल्नुपरेको भन्दै एएचएफ नेपालका राष्ट्रिय निर्देशक दिव्यराज जोशीले अर्को महामारीलाई रोक्नका लागि विश्वको तयारीका लागि महामारी सम्झौता एक अवसर भएको बताउनुभयो । तर महामारी व्यवस्थापनका लागि गरिने प्रयासमा विश्वका गरिब देश र समुदायलाई उपेक्षा गर्न नहुने उहाँको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हैजा, इबोला, मङ्कीपक्स लगायत ४० भन्दा धेरै प्रकोपको पुनरुत्थान विशेषरूपमा चिन्ताजनक रहेको छ ।
विश्वभर भविष्यमा फैलिनसक्ने महामारीको तनावबीच विश्वव्यापी महामारीविरुद्धको तयारीलाई वृद्धि गर्न र अवसरलाई सदुपयोग गर्न भइरहेका सबै अन्तर्राष्ट्रिय प्रयास प्रशंसनीय रहेको भन्दै फाउन्डेशनका कार्यक्रम तथा बजार व्यवस्थापक राधेश्याम श्रेष्ठले विश्व सम्मेलन नजिकिँदै गर्दा विश्वव्यापी चासो समतामूलक पहुँचमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा भाग लिने नेतृत्वदायी देशहरूले एशियासहित सबै क्षेत्र र भूगोलको पहुँचमा हुने गरी बोल्न उहाँले आग्रह गर्नुभएको छ ।
सम्झौतालाई समतामूलक बनाउन खासगरी क्षेत्रीय उत्पादन क्षमता अभिवृद्धि गरिनुपर्ने, महामारी प्रतिकार्यसम्बन्धी प्रविधि हस्तान्तरण गरिनुपर्ने, दिगो आर्थिक व्यवस्थापनको ग्यारेन्टी हुनुपर्ने तथा नागरिक समाज र संस्थाहरूलाई समेत सम्झौताले समेट्नपर्नेमा जोड दिइएको छ ।
एड्स हेल्थ केयर फाउन्डेशन (एएचएफ) मार्फत महामारी नियन्त्रणका लागि समानता कायम गर्न नेपालसहितका कम विकसित देशले 'सेभ आवर सोसाइटी' (एसओएस) नारासहित विश्व समुदायको ध्यानाकर्षण गराउन अभियान चलाइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।