त्रिभुवन विमानस्थलबाट उडान घट्ने भएपछि भाडामा मनपरी, वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा

 कात्तिक २३, २०८१ शुक्रबार १४:५८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएसँगै सबैजसो अन्तर्राष्ट्रिय गन्तव्यहरूको हवाई भाडा अत्यधिक महँगो भएको छ । केही गन्तव्यको भाडा तीन गुणासम्म महँगो भएको यात्रुहरूले गुनासो गरेका छन् ।

केही समय अघिसम्म काठमाण्डाैबाट साउदी अरेबियाका लागि प्रतिव्यक्ति ४० हजार रुपैयाँ रहेको भाडा अहिले एक लाख ६ हजार रुपैयाँभन्दा धेरै छ । यसअघि बढीमा ४० हजार रुपैयाँ पर्ने काठमाण्डौ–मलेसियाको न्यूनतम टिकट मूल्य अहिले ७४ हजारदेखि एक लाख ८२ हजार रुपैयाँसम्म छ । ३० देखि ४० हजार रुपैयाँ पर्ने काठमाण्डौ–दुबईको टिकट मूल्य अहिले एक लाख तीन हजारदेखि एक लाख २४ हजार रुपैयाँसम्म छ ।

टिकटको मूल्य बढ्दा श्रमका लागि विदेश जानेहरू समस्यामा परेका छन् । श्रमिक मर्कामा परेपछि रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर यसबारे ध्यानाकर्षण गराएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनुभयो ।

यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा र भैरहवाबाट उडान गर्ने अनुमति दिने काम भइरहेको भन्दै ती विमानस्थलबाट उडान शुरू भएपछि भाडा घट्ने बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि थाई एअर एशिया, फ्लाई दुबई र जजिरा एअरलाइन्सको उडान तालिका स्वीकृत भइसकेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया