बाग्मती नदी सफाइ महाअभियानको ६ सय हप्ता पूरा

 कात्तिक २४, २०८१ शनिबार ९:४५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बाग्मती नदी सफाइ महाअभियानको आज ६ सय हप्ता पूरा भएको छ । २०७० साल जेठ पाँच गतेदेखि शुरू भएको अभियानको आज ६ सय हप्ता पूरा भएको हो ।

सफाइ अभियन्ताहरुले हरेक हप्ताको शनिवार बिहान बाग्मती तथा बाग्मतीका सहायक नदीहरुमा सरसफाइ गर्दै आएका छन् । बाग्मती सफाइ महाअभियान शुरू भएपछि भूकम्प, कोभिड १९ महामारीजस्ता कठिन अवस्थामा पनि अभियान्ताहरुले सफाइ अभियानलाई निरन्तरता दिएका छन् ।

कोभिडको बेला लकडाउन हुँदा पनि नदी छेउमा बस्ने अभियान्ताहरुले साङ्केतिक रुपमा सफाइ गरेर अभियानलाई निरन्तरता दिएको अभियान्ता माला खरेलले बताउनुभयो ।

महाअभियान ६ सय हप्ता पूरा भएको अवसरमा आज दिउँसो साढे २ बजे तिलगङ्गामा विशेष कार्यक्रम रहेको अभियान्ता चक्रबहादुर चन्दले जानकारी दिनुभयो ।

बाग्मती सफाइ अभियान शुरू भएको ६ सय हप्तामा पनि नदीको अवस्था फोहोर नै रहेको भनेर आलोचना हुने गरेको छ । तर अभियान्ताहरु दशक अघि नै मृत अवस्थामा पुगिसकेको बाग्मती र बाग्मतीका सहायक नदीहरुमा प्राण भर्ने काम सफाइ अभियानले गरेको बताउँछन् ।

सफाइ अभियानबाट नदी सफा राख्नुपर्छ भन्ने जागरण बढेको र यस्तो जागरण काठमाण्डौ उपत्यकाबाहिर पनि फैलिएको अभियान्ताहरुको भनाइ छ । 
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया