गणेश हिमालको आधार शिविर नजिक बिरामी परेका कर्मचारीको हेलिकप्टरबाट उद्धारको प्रयास

 कात्तिक २९, २०८१ बिहीबार ९:९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गणेश हिमालको आधार शिविर नजिक बिरामी परेका कर्मचारीको टोलीलाई उद्धारको प्रयास भइरहेको छ । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालका अनुसार बिरामीको उद्धार गर्न हिजो गएको नेपाली सेनाको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको थियो ।

हिजो टोलीले बैलेमा खबर गरे पनि उद्धारमा ढिलाइ भएको थियो । उद्धारका लागि आज फेरि हेलिकप्टर जाने र मौसम अनुकूल भएमा उद्धार हुने उहाँले बताउनुभयो । टोलीमा रहेका डिभिजन वन कार्यालय धादिङका रेञ्जर अनुसुया ढुङ्गाना बिरामी पर्नुभएको छ । त्यस्तै कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्य सामान्य बिरामी हुनुभएको छ ।

पर्या–पर्यटन प्रवर्द्धनको उद्देश्यले धादिङको रुविभ्याली गाउँपालिका, डिभिजन वन कार्यालय र पत्रकारको टोली केही दिनदेखि यात्रामा थियो । धादिङ गणेश हिमालको काखमा पर्छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया