परराष्ट्रमन्त्री राणा आज चीनको छेन्दु जाँदै
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – लगातार दुई दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९५ अङ्कले बढेर दुई हजार सात सय ४८ दशमलव ७८ विन्दुमा पुगेको छ ।
आज फाइनान्स, लगानी, बीमा, उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । हिजो सात अर्ब ९१ करोडको कारोबार भएकोमा आज तीन सय २१ वटा कम्पनीका दुई करोड १६ लाख कित्ता शेयर १० अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको ३५ करोड रुपैयाँको शेयर कारोबार भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।