दीपिका-रणवीर  र निक-प्रियंकाको जोडीकाे जम्मा सम्पत्ति कति ?

 मंसिर १३, २०७५ बिहीबार १७:७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडमा यतिबेला एकपछि अर्को गर्दै विवाहको सिजन चलिरहेको छ । अभिनेता रणवीर सिंह र दीपिका पादुकोणले विवाह गरेलगत्तै अहिले प्रियंका चोपडा र निक जोनसको विवाहको सुरुवात भएको छ । 

इटालीको लेक कोमोमा १४ र १५ नोभेम्बरमा दीपिका र रणवीरले विवाह गरे र अहिले प्रियंका र निक भारतको जोधपुरमा रहेको उम्मेद भवन प्यालेसमा यही डिसेम्बर २ र ३ मा विवाह गर्दैछन् । 

यि दुवै हाइ प्रोफाइल विवाहको कुरा गर्दा दुवैको एकअर्कासँग तुलना नहुने भन्ने कुरा नै आउँदैन । अहिले जहाँ दीपवीर (दीपिका पादुकोण र रणवीर सिंह)को जोडीको कुरा हुन्छ त्यहीँ निकयांका –निक जोनस र प्रियंका चोपडा)को जोडीको कुरा पनि आउने गरेको छ । 

यसैबिच यी दुवै जोडीमध्ये कुन जोडी बढी धनी छ होला भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो । 


प्रियंका चोपडा अहिले संसारकै प्रभावशाली महिला मध्येकी एक हुन् । उनको कुल सम्पत्ति २८ मिलियन अमेरिकी डलर बराबर छ । अर्थात प्रियंका ३२० करोड रुपैयाँकी मालिक हुन । 

प्रियंकाको कमाइको मुख्य स्रोत फिल्म उद्योग नै हो । साथै उनी हलिउड गएदेखि त्यहाँ पनि उनले आफ्नो छुट्टै छाप बनाएकी छिन् । हलिउडमा स्थापित भएदेखि प्रियंकाको सम्पत्तिमा अझै वृद्धि भएको हो । 

साथै प्रियंकाले कैयाैं ठूला ब्राण्डको एण्डोर्स गरेकी छिन् । यसबाट पनि उनको राम्रै कमाइ हुने गरेको छ । 

प्रियंकाका हनेवाला दुलाहा निकको कूल सम्पत्ति २५ मिलियन डलर (अर्थात २८० करोड नेपाली रुपैयाँ) छ । निक पेशाले एक गायक, संगीतकार र अभिनेता पनि हुन् । 

प्रियंका र निक दुवैको सम्पत्ति जोड्दा निकयांकाको जोडीसँग ६०० करोड रुपैयाँ रहेको छ । 


दीपिका पादुकोण र रणवीर सिंहको कुल सम्पत्तिको कुरा गर्नुपर्दा अभिनेत्री दीपिका पादुकोण ११ मिलियन अमेरिकी डलर सम्पत्तिकी मालिक हुन भने अभिनेता रणवीर सिंहसँग पनि ११ मिलियन अमेरिकी डलर बराबरकै सम्पत्ति रहेको छ । 

अर्थात दीपवीरको जोडीको कुल सम्पत्ति २२ मिलियन डलर (लगभग २३६ करोड रुपैयाँ) रहेको छ । 

दीपिका र रणवीरको आम्दानीको मुख्य स्रोत फिल्म र ब्राण्ड एण्डोर्समेन्ट हो । साथै दीपिका र रणवीरको जोडी बलिउडमा अहिले सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार हुन् । 
 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया