कैलालीको टीकापुरमा रक्तअल्पता कम गर्न किशोरीहरूलाई आइरन चक्की...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा अन्य राष्ट्रको भन्दा बढी मूल्य पाएका छन् । स्वाद र गुणस्तरका हिसाबले अब्बल रहेका भन्दै नेपाली कफीले धेरै मूल्य पाएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अधिकृत चन्द्र पुरीले बताउनुभयो । उहाँका अनुसार नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ डलर प्राप्त हुने गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा १३ करोड चार लाख रुपैयाँ बराबरको ७७ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख रुपैयाँ बराबरको चार सय ५० टन कफी आयात भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ टन कफी निर्यात हुँदा ४१ करोड ९८ लाख रुपैयाँ बराबरको चार सय ४३ टन कफी आयात भएको तथ्याङ्क छ ।
यस्तै आर्थिक वर्ष २०८०/८१ मा देशभर पाँच सय मेट्रिक टन ग्रिनवीन कफी उत्पादन भएको छ भने जम्मा ६ सय ५४ हेक्टरमा नयाँ रोपण भएको छ । नेपालमा चार हजार तीन सय नौ हेक्टर जग्गामा कफी खेती विस्तार भएको छ । कुल उत्पादनको झन्डै १७ प्रतिशत कफी विदेश निर्यात भएको बोर्डका निर्देशक दीपक खनालले जानकारी दिनुभयो ।
यसैबीच राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवसका अवसरमा काठमाण्डौको भृकुटीमण्डपमा नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट विभिन्न थरिका कफीको प्रदर्शनी हुन लागेको हो ।
कार्यक्रममा नेपालको कफी क्षेत्रको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा आउने कार्यदिशा विषयक प्रस्तुतीकरण एवम् अन्तरक्रिया कार्यक्रम गरिने बोर्डका कार्यकारी निर्देशक वेनुपराज प्रसाईँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।