पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – हिजो ५१ अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दिनभरको उतारचढावबीच नौ दशमलव शून्य नौ अङ्कले बढेर दुई हजार सात सय ११ दशमलव ७५ विन्दुमा पुगेको छ ।
आज बैंक, बीमा, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, जलविद्युत्, होटल समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज विकास बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज कर्पाेरेट विकास बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी विकास बैंक, मानुषी लघुवित्त, कर्णाली विकास बैंक र जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गुराँस लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो झन्डै साढे १० अर्बको शेयर कारोबार भएकोमा आज तीन सय २३ वटा कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर सात अर्ब नौ करोड रुपैयाँमा किनबेच भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।