पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – सहकारी पीडितहरूले काठमाण्डौमा फेरि प्रदर्शन गरेका छन् । यसअघि पटक–पटक आन्दोलन गर्दै आएकोमा सरकारले सहमति कार्यान्वयन नगरेपछि फेरि सडक आन्दोलनमा आउनुपरेको पीडितहरूले बताएका छन् ।
आज चावहिल, गठ्ठाघर, पुल्चोक, कालीमाटी र सोह्रखुट्टेबाट एकैसाथ निकालेको र्याली माइतीघरमा पुगेर विरोध सभामा परिणत भएकाे थियो । सहकारी पीडितको न्याय, सहकारीमा जम्मा गरेको रकमको साँवा र ब्याज फिर्ता गराउन उनीहरूले माग गरेका छन् । त्यस्तै सरकारीको रकम अपचलन गर्नेहरूको सम्पत्ति जफत गराउन, अशक्त, दीर्घरोगी, ज्येष्ठ नागरिकको जीवन रक्षा गर्न, सहकारीले निम्त्याएको विकृति र विसङ्गतिको अन्त्य गर्न उनीहरूले आग्रह गरेका छन् ।
देशभरका तीन सय ५७ वटा सहकारीको १४ लाख जनाभन्दा धेरै बचतकर्ताको रकम डुबेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले बताउनुभयो । सहकारी पीडितले बचत रकम फिर्ताका लागि आन्दोलन गर्दै आएको १९ महिना भइसकेको छ । तर अहिलेसम्म आश्वासन मात्रै पाएको केसीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।