उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिकाे स्वीकृति

 मंसिर ९, २०८१ आइतबार १८:१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले यही मङ्सिर १६ गते हुने उपचुनावमा सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ ।

उपचुनावलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले सेना परिचालनका लागि स्वीकृति दिनुभएको हो । विभिन्न तहका ४१ वटा पदका लागि आउँदो १६ गते बिहान ७ बजेदेखि मतदान हुँदैछ ।

यसैबीच मङ्सिर १६ गते हुने उपचुनावका लागि मतदानस्थलका रूपमा कायम भएका संस्थामा १३ गतेदेखि नै बिदा दिने व्यवस्था मिलाउन निर्वाचन आयोगले आग्रह गरेको छ । मतदानस्थलका रूपमा कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान वा अन्य सार्वजनिक स्थलहरूमा १३ गतेदेखि १६ गते मतदान सम्पन्न नभएसम्मका लागि बिदा मिलाउन सङ्घीय सरकारमार्फत निर्देशन दिन आयोगले भनेको हो ।

यस्तै मतदान हुने दिन पालिकाको प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदका लागि उपचुनाव हुने पालिकामा सम्बन्धित पालिकाभर र वडाध्यक्षको उपचुनाव हुने पालिकामा वडाको क्षेत्रभित्र सम्बन्धित पालिकाअन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आयोगले सङ्घीय सरकारमार्फत पालिकालाई निर्देशन दिन आग्रह गरेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया