चीन भ्रमणको विषयमा प्रधानमन्त्री ओलीद्वारा पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूसँग छलफल

 मंसिर १०, २०८१ सोमबार १४:४६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको विषयमा पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । यही मङ्सिरको १७ गते चीन भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री ओलीले चीनसँग नेपालले उठाउनुपर्ने विषयका बारेमा पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूसँग छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत सहभागी हुनुहुन्थ्यो । शेरबहादुर देउवा जनकपुर र बाबुराम भट्टराई गोरखामा भएका कारण छलफलमा सहभागी हुनुभएको थिएन ।

छलफलमा आफूले चीनसँग नेपालको हितमा कुरा राख्न सल्लाह दिएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जानकारी दिनुभएको छ । नेपाल असंलग्न परराष्ट्र नीतिमा अविचलित रूपमा उभिन्छ र कुनै छिमेकी देशहरूको विरुद्धमा नेपालको भूमि प्रयोग हुन दिँदैन भन्ने सन्देश दिन पनि सुझाव दिएको पूर्वप्रधानमन्त्री नेपालले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया