कैलालीको टीकापुरमा रक्तअल्पता कम गर्न किशोरीहरूलाई आइरन चक्की...
मंसिर १३, २०८१ बिहिबार
चितवन – चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बाल क्यान्सरको निःशुल्क उपचार शुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकाेमा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट केमोसहितका ३५ प्रकारका बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले औषधिसहित सम्पूर्ण उपचार निःशुल्क शुरू गरेको उहाँले बताउनुभयो ।
अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गरेको छ । पछि सोधभर्ना हुने गरी अहिले अस्पतालले नै केमोलगायत औषधिको व्यवस्थापन गरेको उपनिर्देशक डा. नेपालको भनाइ छ । अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. कृष्णसागर शर्माले शुरूकै अवस्थामा बाल क्यान्सर पत्ता लाग्यो भने निको बनाउन सकिने बताउनुहुन्छ ।
नेपालमा वर्षेनि एक हजार पाँच सय हाराहारी नयाँ बाल क्यान्सरका बिरामी हुन्छन् भन्ने अनुमान रहेको उहाँको भनाइ छ । तीमध्ये आधामात्र उपचारको पहुँचमा आउने गरेको उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।