गएकाे वर्ष हरेक दिन १ सय ४० जना महिला उनका साथी वा परिवारका सदस्यबाट मारिए

 मंसिर ११, २०८१ मंगलबार १५:१५:३३ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

सन् २०२३ मा हरेक दिन औसत एक सय ४० जना महिला तथा बालिका उनका साथी वा परिवारका सदस्यबाट मारिएका प्रतिवेदन सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसङ्घ (यूएन) को लागूऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र राष्ट्रसङ्घको महिला विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२३ मा हरेक १० मिनेटमा एक जना महिला मारिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिवेदनले महिला तथा बालिकाविरुद्धको हिंसाको सबैभन्दा चरम रूप 'फेमिसाइड' विश्वव्यापी रूपमा व्याप्त रहेको र महिला र बालिकाका लागि घर नै सबैभन्दा खतरनाक ठाउँ भएको देखाएको छ । 'फेमिसाइड' भनेको लैङ्गिक आधारमा हुने हत्या हो जहाँ महिला भएकै आधारमा महिलाको हत्या हुन्छ ।

सन् २०२३ मा विश्वभर झन्डै ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घले जनाएको छ । जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यद्वारा भएको उल्लेख छ ।

प्रतिवेदनका अनुसार गएको वर्ष अफ्रिकामा साझेदार र परिवारसँग सम्बन्धित महिला हत्या सबैभन्दा धेरै भएको छ । त्यसपछि सबैभन्दा धेरै महिलाको हत्या हुनेमा अमेरिका र ओसिनिया रहेका छन् ।

प्रतिवेदनले अपराधीहरूलाई जवाफदेही बनाई अब्बल न्याय प्रणालीका लागि जीवितहरुलाई सहयोग सुनिश्चित गर्नुपर्ने बताउँदै यूएनओडीसीका कार्यकारी निर्देशक घडा फाथी वालीले लैङ्गिक पूर्वाग्रह तथा महिलाविरुद्धको हिंसालाई अन्त्य गर्न आह्वान गर्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया