पुरुष तथा महिला बक्सिङ च्याम्पियनशिप खेल्न नेपाली टोली थाइल्या...
मंसिर १३, २०८१ बिहिबार
कास्की – गण्डकी प्रदेश सरकारले कृत्रिम बाैद्धिकता अर्थात् 'आर्टिफिसियल इन्टिलिजेन्स' (एआई) एक्सरे मेशिन सञ्चालनमा ल्याएको छ ।
छातीसम्बन्धी रोगको समस्या पहिचान र उपचारका लागि गण्डकी प्रदेशमा नै पहिलो पटक बाग्लुङको गलकोटबाट सेवा शुभारम्भ भएको हो । गलकोट नगरपालिका–११ काे रिघामा स्वास्थ्य चौकीमा एआई एक्सरे मेशिनको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुभारम्भ गर्नुभयो ।
क्षयरोग उपचार केन्द्र गण्डकी प्रदेश पोखराले एक करोड ७५ लाख रुपैयाँ खर्च गरी एआई एक्सरे मेशिन खरिद गरेको हो । क्षयरोगलागायतका छातीसम्बन्धी रोगको समयमा उपचार नहुँदा नागरिकले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्यका लागि प्रविधि र उपचारमा ध्यान दिएर प्रदेश सरकारले अत्याधुनिक प्रविधिको पहुँच पुर्याउन आवश्यक काम गर्दै आएको स्वास्थ्यमन्त्री पाठकले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।