नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता

 मंसिर १४, २०८१ शुक्रबार १६:१५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल बैंक लिमिटेडका कर्मचारी एवम् सेवाग्राहीलाई काठमाण्डौको डिल्लीबजारमा रहेको सिद्धि पोली प्याथ ल्याब प्रालीद्वारा प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याबको तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी एवम् सेवाग्राहीले सिद्धि पोली प्याथ ल्याबद्वारा प्रदान गरिने विभिन्न सेवामा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकका कर्मचारी एवम् सेवाग्राहीले क्लिनिकबाट प्रदान गरिने बायोकेमिस्ट्री, हेमाटोलाेजी, इन्डाेक्रिनाेलाेजी, माइक्राेबायाेलाेजी, सङ्क्रामक रोग, हेपाटाइटिस, एचआईभी, टर्स प्यानल, सेरोलोजी, ओन्कोलोजी, ईसीजी, इकाे परीक्षण, डिजिटल एक्स-रे, अल्ट्रासाउन्ड जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया