सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
रामेछाप – जीप दुर्घटनामा वडा अध्यक्षको ज्यान गएपछि रामेछापको गोकुलगङ्गा गाउँपालिकाले भोलि शोक बिदा दिएको छ । गाउँपालिकाले शोकपत्र जारी गर्दै भोलि गाउँपालिकाभर शोक बिदा दिएको जानकारी गराएको हो ।
हिजो काठमाण्डौबाट गोकुलगङ्गातर्फ गुडिरहेको जीप दुर्घटना हुँदा गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको ज्यान गएको थियो । जीप दुर्घटनामा परी वडाअध्यक्ष बस्नेत सहित हुँदा गोकुलगङ्गा गाउँपालिका ५ की ३० वर्षीया कविता कार्की (खड्का), कविताकी छोरी ७ वर्षीया स्वस्तिका, हुँदा गोकुलगङ्गा ४ कै साबिना बिक र गाडी चालक रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँका हिराबहादुर कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा हुँदा गोकुलगङ्गा–४ बेतालीकी सरस्वती कार्की र मृतक सबिनाका छोरा ४ वर्षीय सवीन बिक र कास्कीको लेखनाथ नगरपालिकाका केश बर्मा घाइते भएका छन् । घाइतेहरुको काठमाण्डौमा उपचार भइरहेको छ । जीप सडकबाट झन्डै तीन सय मिटर तल खसेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।