अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

 मंसिर १५, २०८१ शनिबार १६:४४:३४ | रासस
unn.prixa.net

तस्बिर : रासस

रुपन्देही – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।

रूपन्देही उद्योग सङ्घले बुटवलमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा समस्या परेको भन्दै अहिले अर्थतन्त्रमा सुधार आएको बताउनुभयो । अहिलेको सरकार प्रतिनिधि सभाबाट बन्ने सबैभन्दा बलियो सरकार रहेको उहाँको दाबी छ ।

अहिलेको सरकार २०८४ को चुनावसम्म नढल्ने दाबी गर्दै अर्थमन्त्री पौडेलले लगानीका लागि डराउन नपर्ने बताउनुभयो । उहाँले अब तीव्र गतिमा औद्योगीकरणमा जानुपर्ने बताउनुभयो ।

सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र स्थापनालाई प्राथमिकतामा राखेर उद्योग मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको उल्लेख गर्दै उहाँले स्थानीयले जोतभोग गरिरहेको र बस्ती रहेको क्षेत्र छाडेर भए पनि औद्योगिक क्षेत्र निर्माणको काम थाल्ने तयारीमा रहेको बताउनुभयो । जसरी भए पनि भैरहवा अन्तराष्ट्रिय विमानस्थल चलाउने अर्थमन्त्री पौडेलकाे भनाइ छ । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया