हिउँद लागेसँगै आगलागीका घटना बढे, २४ घण्टामा १० ठाउँमा आगलागी

 मंसिर १६, २०८१ आइतबार १२:१०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशका विभिन्न १० ठाउँमा आगलागी भएको छ । हिउँद लागेसँगै आगलागीको जोखिम बढेको र २४ घण्टामै १० ठाउँमा आगलागीका घटना भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानएको छ ।

झापा, मोरङ, सुनसरी, सप्तरी, बारा, काठमाण्डौ, भक्तपुर र पर्वतमा आगलागी भएका ती घटनामा सात लाख रुपैयाँभन्दा धेरैकोे क्षति भएको छ । तीनजना घाइते भएका छन् ।

चिसो बढेसँगै आगो ताप्ने क्रम बढेको र सोही क्रममा आगलागीका घटना पनि बढ्न थालेको, कतिपय ठाउँमा सावधानी नअपनाउँदा आगलागी भएको र कतिपय ठाउँमा भने विद्युत् चुहिएर आगलागी भएको पाइएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताउनुभयो ।

उहाँले आगलागीका घटना बढ्न थालेकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गर्नुभएको छ । प्राधिकरणको तथ्याङ्क अनुसार गएको वैशाखदेखि भएका दुई हजारभन्दा बढी आगलागीका घटनामा ६६ जनाको ज्यान गएको छ । एक अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।  

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया