काठमाण्डाैसँग हारेसँगै लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
मंसिर २६, २०८१ बुधबार
काठमाण्डौ – इजरायलले सिरियाको नौसैनिक जहाज माथि आक्रमण गरेको छ । इजरायलले गएराति अल–बायदा र लताकिया बन्दरगाहमा रहेका १५ वटा नौसैनिक जहाज माथि आक्रमण गरेको इजरायली सेनाले बताएका छन् ।
उनीहरुका अनुसार सिरियाली सैन्य तागतलाई कमजोर बनाउन आक्रमण गरिएको हो । आक्रमणका कारण जहाज र बन्दरगाहका केही भागहरूमा ठूलो क्षति भएको बीबीसीले जनाएको छ ।
राष्ट्रपति बशर अल–असद अपदस्थ भएपछि इजरायलले सिरियामा तीन सय १० भन्दा धेरै ठाउँमा आक्रमण गरिसकेको इजरायली सेनाको दाबी छ ।
इजरायली रक्षा मन्त्री इस्राइल कात्जले असदको सत्ता गएको मौका पारेर सिरियालाई कमजोर बनाउन आक्रमण गरिएको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।