काठमाण्डाैसँग हारेसँगै लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
मंसिर २६, २०८१ बुधबार
काठमाण्डौ – आज अन्तर्राष्ट्रिय पर्वत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरण र पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ११ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
यो वर्ष दिगो भविष्यका लागि जलवायु अनुकूलन, नवप्रवर्द्धन र युवामा जोड दिइएको छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने निर्णय गरेपछि सन् २००३ देखि पर्वत दिवस मनाउन थालिएको हो ।
दिवसको अवसरमा नेपाल पर्वतारोहण सङ्घलगायत अन्य सरोकारवाला संस्थाले कार्यक्रम गर्दैछन् । नेपाल पर्वतारोहण सङ्घले आफ्नो प्रमुख कार्यक्रमकै रूपमा पोखरामा नवाैं पर्वतीय महोत्सव गरिरहेको छ ।
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैरो पोखरामा यही मङ्सिर २३ गतेदेखि भइरहेको महोत्सव भोलि सकिँदैछ । पर्सि शुक्रवार पर्वतारोहीसँग अन्तरसंवाद कार्यक्रम रहेको सङ्घले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।