काठमाण्डाैसँग हारेसँगै लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
मंसिर २६, २०८१ बुधबार
अमेरिकाले रुसबाट जफत गरेको सम्पत्तिको कोषको नाफाबाट युक्रेनलाई २० अर्ब डलर सहयोग गरेको छ । अमेरिकाले २० अर्ब डलर विश्व बैंकको कोषमा जम्मा गरिसकेको र विश्व बैंकमार्फत त्यो रकम युक्रेनलाई उपलब्ध गराउने अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
येलेनले रुसबाट जफत गरेको सम्पत्तिको नाफाबाट उसैको आक्रमणको सामना गर्न युक्रेनलाई रकम दिनु भनेको रुसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनुपर्नेछ भन्ने सन्देश रहेको बताउनुभएको छ ।
गएको जुनमा जी–सेभेन समूहका सदस्य देशहरूले रुसबाट जफत गरेको सम्पत्तिको कोषबाट युक्रेनलाई ५० अर्ब डलर दिने घोषणा गरेका थिए । त्यही घोषणाअनुसारको एक भाग अमेरिकाले उपलब्ध गराएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने सहयोगलाई अमेरिकी स्रोतमा बोझ भनेर टिप्पणी गरेको सन्दर्भमा कार्यकाल सकिन लागेको जो बाइडेन प्रशासनले रकम उपलब्ध गराएको हो । ट्रम्पले आफूले कार्यभार सम्हालेपछि चाँडै रुस–युक्रेन युद्ध अन्त्य गर्ने बताउँदै आउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।