काठमाण्डाैसँग हारेसँगै लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
मंसिर २६, २०८१ बुधबार
काठमाण्डाै – मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको उदीपुर सबस्टेशनबाट तनहुँको आँबुखैरनीमा रहेकाे मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीमा रहेकाे नयाँ भरतपुर सबस्टेशनसम्मको प्रसारण लाइन निर्माणले गति लिएको छ ।
मर्स्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ती नदीहरूका सहायक खोलामा निर्माण भएका एवम् निर्माणाधीन निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्डको सब कन्ट्र्याक लिएर निर्माण अगाडि बढाइएका छन् । याे खण्ड आउँदाे जेठभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ ।
उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्डको ठेक्का लिएको चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीले छनोट गरेको सब कन्ट्र्याक्ट्ररबाट समयमै काम सम्पन्न गरी लाइन सञ्चालनमा ल्याउने अवस्था नदेखिएपछि निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले आफैं सब–कन्ट्र्याक लिएर निर्माण अगाडि बढाएका हुन् । यसमा मर्स्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ती नदीहरूका सहायक खोलामा जलविद्युत् निर्माण गरी सञ्चालनमा रहेका सात र निर्माणाधीन सात गरी १४ वटा जलविद्युत् आयोजनाको सहभागिता छ । उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि मात्र यी नदी र खोलाहरूमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको वर्षायामको बिजुली पूर्णरूपमा राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुने अवस्था छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तनहुँ र चितवनमा निर्माण भइरहेको प्रसारण लाइनको हिजाे अनुगमन गरी आउँदाे जेठभित्र काम सम्पन्न गर्न संस्थाकातर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्ने बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले मर्स्याङ्दी, दोर्दी तथा त्रिशूली नदी र ती नदीहरूका सहायक खोलामा वर्षायाममा उत्पादित बिजुली प्रवाहका लागि उदीपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन खण्ड महत्त्वपूर्ण रहेकाले जनशक्ति थप गरी निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो ।
प्रसारण लाइनमा पर्ने वन क्षेत्रको जग्गा प्रयोग, रुख कटान, जग्गा प्राप्ति र मार्गधिकारमा रहेका समस्या समाधान गरी निर्माणस्थल उपलब्ध गराउन आयोजना व्यवस्थापनलाई उहाँले निर्देशन दिनुभयो । डिभिजन वन कार्यालय चितवन र तनहुँका प्रमुखलाई फोन गरी उहाँले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा स्वीकृति प्रक्रियामा सहजीकरण गरिदिएर महत्त्वपूर्ण प्रसारण लाइनको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आवश्यक सहयोग गरिदिन अनुरोध गर्नुभयो ।
उदीपुर–मार्कीचोक ४० किलोमिटर प्रसारण लाइन खण्डमा एक सय १६ वटा टावर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये ९० वटा टावरको जग हालिएको छ । मार्कीचोक–भरतपुर २८ किलोमिटर प्रसारण लाइन खण्डमा ८३ वटा टावर निर्माण गर्नुपर्ने छ । यसमध्ये ३८ वटा टावरको जग हालिएको छ । अहिले ६ वटा ठाउँमा काम भइरहेको छ । टावर पार्टस्, कन्डक्टर (तार) लगायतका सम्पूर्ण उपकरण तथा निर्माण सामाग्री आपूर्ति भइसकेको छ ।
उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९ दशमलव ६९ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्नुपर्ने छ । त्यहाँ रहेका १० हजार दुई सय २५ वटा रुख कटान गर्नु पर्नेछ । आयोजना प्रमुख नारायण रेग्मीले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृति सम्पूर्ण प्रक्रिया पूरा गरी केही ठाउँमा कटान शुरू भइसकेको बताउनुभयो । टावर प्याडका लागि निजी जग्गा अधिग्रहण भइसकेको र मार्गधिकारमा पर्ने जग्गा तथा संरचनाको क्षतिपूर्ति निर्धारणको प्रक्रिया अघि बढिसकेको प्रमुख रेग्मीले उल्लेख गर्नुभयो ।
निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको तर्फबाट निर्माणमा खटिनुभएका ऊर्जा उद्यमी मोहन कार्कीले प्रसारण लाइन समयमा नबनेमा राज्यलाई नै ठूलो नोक्सानी हुने देखिएपछि मर्स्याङ्दी र त्रिशूली नदी करिडोरका जलविद्युत् प्रवर्द्धकहरूको अग्रसरता एवम् सहमतिमा सब–कन्ट्र्याक लिएर निर्माण शुरू गरिएको बताउनुभयो । कार्कीले प्रसारण लाइन सकिएपछि ती नदी करिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाहरूको अहिले कायम रहेको वैकल्पिक व्यवस्थालाई चालू आर्थिक वर्ष २०८१/८२ भित्र अन्त्य गर्ने प्राधिकरणसँग सहमति भएको उल्लेख गर्नुभयो । प्रसारण लाइन निर्माण कार्यसम्पादन अनुगमन एवम् सरोकारवालाहरूसँग समन्वय गर्न प्रवर्द्धकहरूका तर्फबाट पाँच सदस्यीय अनुगमन समिति बनाइएको छ ।
मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका चार वटा सबस्टेशनमध्ये उदीपुर र नयाँ भरतपुर सबस्टेशन निर्माण सम्पन्न भइसकेका छन् । लमजुङको खुदी सबस्टेशन निर्माण अन्तिम चरणमा छ भने मनाङको धारापानीमा सबस्टेशन निर्माणाधीन छ ।
मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना शुरू गरिएको हो । प्रसारण लाइनबाट झन्डै एक हजार ६ सय मेगावाट बिजुली प्रवाह गर्न सकिने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।