एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
मारुती सुजुकीलाई उछिन्दै टाटा कम्पनीको पन्च गाडी भारतमा सर्वाधिक बिक्री हुने कार कम्पनी बनेको छ । पछिल्लो ४० वर्षमा पहिलो पटक टाटाले मारुती सुजुकीलाई उछिनेको हो ।
सन् २०२४ मा टाटा मोटर्सको 'पन्च' नामक सब कम्प्याक्ट एसयूभीले मारुती सुजुकीको 'वैगनआर' र 'स्विफ्ट' लाई पछि पार्दै भारतको सबैभन्दा धेरै बिक्री हुने कारको उपाधि जितेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
२०२४ मा दुई लाख वटा टाटा पन्च कार बिक्री भएका छन् । सुजुकीको वैगनआर एक लाख ९१ हजार वटा बिक्री भएका छन् । भारतमा १० लाख रुपैयाँभन्दा महँगा कारमा मारुती सुजुकीका निकै थोरै विकल्पले गर्दा कम्पनीको बजार हिस्सा कम बनाएको हो ।
सन् २०१८ मा भारतीय अटोमोबाइल उद्योगले साढे ३३ लाख वटा कार बिक्री गरेको थियो । जसमा मारुती सुजुकीको बजार हिस्सा ५२ प्रतिशत थियो ।
सन् २०२४ मा भारतमा कोरोना महामारीपछिकै धेरै ४२ लाख ८६ वटा कार बिक्री हुँदा मारुती सुजुकीको हिस्सा ४१ प्रतिशतमा खुम्चिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।