एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
मकवानपुर – मकवानपुरको दुर्गम क्षेत्र मानिने राक्सिराङ गाउँपालिकाका स्थानीयद्वारा उत्पादित कृषिउपजले सहज रूपमा बजार पाउन थालेको छ । गाउँपालिकाले स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरण गर्ने उद्देश्यले राक्सिराङ–५ को चैनपुरमा हाटबजार लगाउन शुरू गरेको हो ।
पहिला नजिकमा हाटबजार नहुँदा उत्पादन भएका हरियो सागपात, तरकारी तथा गेडागुडी, बाँसका समानलगायत वस्तुले बजार पाउन नसकेको र गाउँमा हाटबजार लाग्न थालेसँगै स्थानीय उत्पादनले बजार पाएको स्थानीय बासिन्दा सुमन चेपाङले बताउनुभयो । उत्पादन भएका कृषिउपजले सहज रूपमा बजार पाएसँगै स्थानीय बासिन्दा हर्षित भएका छन् ।
गाउँपालिकाको पहलमा हरेक महिनाको १ र १५ गते चैनपुरमा हाटबजार लाग्ने गरेको छ । हाटबजार लागेसँगै स्थानीय बासिन्दालाई आफ्नो सामान बजारसम्म पुर्याउन र दैनिक उपभोग्य वस्तु खरिद गर्न सहज भएको सुमनले उल्लेख गर्नुभयो ।
हाटबजारमा स्थानीय बासिन्दाले उत्पादन गरेका वस्तु मात्र बिक्री/वितरण गर्न पाउने गरी नियम बनाएर सञ्चालन गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । स्थानीय बासिन्दाको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले २०७९ साल वैशाखदेखि चैनपुरमा हाटबजार लाग्न शुरू भएको थियो ।
चैनपुरको हाटबजारमा चिउरीको मह, उसिनेको गिठ्ठा, भ्याकुर तथा गेडागुडी, बाँसको पेरुङ्गोलगायत कृषिउपज र स्थानीय समान राख्ने गरिएको छ । यहाँ तामाङ, चेपाङ, मगर र राई जातिको बाहुल्यता रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।