सरकारले रोजगारीको अवसर सृजना गर्ने कामलाई उच्च प्राथमिकता दिएको छ: मन्त्री विष्ट

 मंसिर १७, २०७५ सोमबार १६:२९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले रोजगारीको अवसर सृजना गर्ने कामलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ । 

मन्त्री विष्टले मुलुकलाई समृद्ध बनाउन काम गर्ने उमेर समूहका जनशक्तिलाई  स्वदेशमै भरपुर उपयोग गर्न सरकार प्रतिवद्ध भएर लागिपरेको दावी पनि गर्नुभयो ।

सोमबार काठमाडौंमा आयोजित ‘सूचना प्रविधिको क्षेत्रमा रोजगारीको अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्न पनि नेपालले काम गर्ने उमेर समूहका जनशक्तिलाई स्वदेशमा रोजगारी अवसर सृजना गर्न ढिलाई गर्न नहुने पनि स्मरण गराउनु भयो ।

मन्त्री विष्टले नेपाली श्रम, सीपलाई स्वदेशमै उपयोग गरेर ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानलाई साकार बनाउन सरकारले चाहिरहेको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री विष्टले सूचना प्रविधिको क्षेत्रबाट पनि मुलुकमा प्रशस्त रोजगारीको अवसर सृजना गर्न सकिने निष्कर्ष पनि सुनाउनु भयो ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया