१९ वर्षमुनिकाे एशिया कप : श्रीलङ्काले नेपाललाई दियाे २ सय ३४...
मंसिर १४, २०८१ शुक्रबार
काठमाडौं - सरकारी सेवामा रहेकाले मात्र होइन, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक र स्वरोजगार रहेका व्यक्तिले समेत पेन्सन र उपदान पाउने गरी सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको छ ।
मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक शुभारम्भ गरेपछि यो योजना लागू भएको हो । अहिले धमाधम रोजगारदाताको सूचिकरण गर्ने काम भैरहेको छ । रोजगारदाताको सूचिकरण भएपछि कामदारको सूचिकरण हुन्छ । त्यसपछि कोषको कार्यालय स्थापना गरेर योगदानको आधारमा श्रमिकको रकम जम्मा गर्ने काम सुरु हुन्छ ।
नयाँ युगको थालनी भनेर संज्ञा दिएको सरकारले यो योजनाबाट श्रमिक सहित सबै नेपालीलाई फाइदा पुग्ने दावी गरेको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना श्रमिक र रोजगारदाताले गरेको योगदानका आधारमा आकश्मिक रुपमा आइपर्ने समस्याको निराकरण गर्न र भविष्यलाई सुरक्षित बनाउन अगाडि सारिएको सुरक्षा कार्यक्रम हो । पहिलो चरणमा यस योजनाले औपचारिक क्षेत्रको प्रतिष्ठानस्तरका श्रमिकहरुलाई समेट्ने छ । दोश्रो चरणमा अनौपचारिक र स्वरोजगारलाई समावेश गर्ने तयारी छ ।
सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा वृद्ध अवस्था सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको न्युनतम पारिश्रमिकबाट निश्चित प्रतिशत जम्मा गरिदिने र व्यक्ति स्वयमले पनि योगदान गरेको रकमबाट पेन्सन या उपदान लिन सक्ने व्यवस्था गरिएको छ । सरकारले यो कार्यक्रम घोषणा गरेसँगै श्रमिक र रोजगारदाता पनि उत्साहित छन् ।
श्रमिकका लागि विभिन्न स्किमसहितका सेवा सुविधा छन् । यो कार्यक्रम पूर्ण रुपमा लागू भयो भने श्रमिकका लागि साच्ँचै नयाँ युगको सुरुवात हुनेछ । तर अनौपचारिक क्षेत्रमा श्रमिकलाई समेत समेट्नु र करोडौं रुपैयाँ जम्मा हुने कोषको व्यवस्थापन र परिचालन चुनौतीपूर्ण छ । सरकारले भने पूर्ण तयारी गरेरै कार्यक्रम सुरु गरेकाले कार्यान्वयन हुनेमा ढुक्क हुन आग्रह गरेको छ ।
सामाजिक सुरक्षा योजनाबाट श्रमिकलाई हुने फाइदा तथा कार्यान्वयनको तयारी र यसका चुनौतीबारे सरकार र विज्ञको धारणा पढ्नुहोस् :
'श्रमिकको हितमा रहेको सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन हुन्छ'
'सामाजिक सुरक्षा कार्यक्रमको सफलता र असफलता श्रमिक र रोजगारदाताकै हातमा छ'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।
Munna
Dec. 5, 2018, 11:54 a.m.प्रसंग अहिलेको बनेको अवकाश पछिको सामजिक सुरक्षा कोषको------ अहिलेको ब्यवस्था, आजको दिनमा मासिक रु 15000 आधारभुत तलब हुने ब्यक्तिको 15 बर्ष सम्म सन्चय कोषमा जम्मा गर्दा (28.33%) जम्मा करीब रु 26 लाख (सन्चय कोषको अहिलेको बर्षिक ब्याज दर 7.5% को आधारमा FV निकलियेको) 15 बर्षमा अवकाश हुंदा प्राप्त गर्ने रहेछ । कर कटाउंदा खुदमा करिब रु 25 लाख जति प्राप्त गर्दछ । त्यो 25 लाखलाई आजको मुद्दती खाताको ब्याज दरलाई आधार मान्दा (९%) मा लगानी गर्दा अवकाश पछि मसिक रुपमा करिब रु 18000 (कर पश्चात्) प्राप्त गर्दछ । (अहिलेको ब्यवस्था अनुसार अवकाश पछि प्राप्त हुने पुंजी अवकाश प्राप्त कर्मचारी आफै सङ रहन्छ ) । तर सामजिक सुरक्षा योजना अनुसार जम्मा भएको 26 लाखलाइ 180 महिनाले भाग गर्दा आउने रु14000 मासिक रुपमा कर्मचारिले त्यो पनि उमेर 60 बर्ष भए पछि मात्र अवकाश भुक्तानी प्राप्त गर्नेछ । अब पुंजी चाहिँ खै त? अनि सामाजिक सुरक्षा कोषले दिने मासिक भुक्तानी भन्दा त बैंकले दिने मुद्द्ति खाताको ब्याज नै बढी हुंदो रहेछ । अनि पुंजी पनि सरकारले खाने?