नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
अभिनेतृ प्रियंका चोपडा र निक जोनसले भारतको दिल्लीमा रहेकाे पाँचतारे होटल ताजमा डिसेम्बर ४ मा विवाहको पहिलो रिसेप्शन राखेका थिए ।
रिसेप्शनमा प्रियंका र निकका परिवारजन तथा भारतका प्रधानमन्त्री नरेन्द्र सिंह मोदी उपस्थित भएर प्रियंका र निकलाई वैवाहिक जीवनको शुभकामना तथा बधाई दिएका छन् ।
मोदीले उपहारस्वरुप प्रियंका र निकलाई रातो रंगको गुलाबको फूल दिएका थिए ।
मोदीले प्रियंका र निकका परिवारजनसँग भेटघाट गरेका थिए भने स्टेजमा मिडियाकाे अगाडि सामु तस्विर पनि खिचाएका थिए ।
प्रियंका चोपडाले रिसेप्सनमा सिल्भर कलरको लेहंगा लगाएकी थिइन् । हातमा चुरा, गलामा नेकलेस र सिउँदोमा सिन्दुर लगाएकी प्रियंका निकै सुन्दर देखिएकी थिइन् भने निक जोनसले निलो संगको भेल्भेट सुट लगाएका थिए ।
प्रियंका र निकले छिट्टै नै मुम्बईमा पनि भव्य रिसेप्शन राख्नेछन् जसमा बलिउड फिल्म उद्योगका कलाकारहरु उपस्थित हुनेछन् ।
रिसेप्सनको मिति तथा उपस्थित पाहुनाहरुको बारेको जानकारी गोप्य राखिएको भएपनि खबरहरुका अनुसार बलिउडका अधिकांश कलाकारलाई निमन्त्रणा पुगिसकेको बताइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।