नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
बझाङ – कुनै बेला मट्टीतेलको टुकी र सल्लाको झरो (चिराग)को भरमा उज्यालोको व्यवस्था गरेर गुजरा चलाइ रहेका बझाङका दुर्गम गाउँहरु केही वर्षयता एकपछि अर्काे उज्यालो बन्दै गएका छन् ।
ग्रामिण समुदायहरुमा गाउँमा रहेका साना–ठूला खोलाबाट लघु जलविद्युत बनाउने एक खालको प्रतिस्पर्धा नै चलेको छ । जिल्ला विकास समितिको उर्जा तथा जलवायु परिर्वतन शाखाको तथ्याङ्क अनुसार २०६३ सालयता जिल्लाका विभिन्न नगरपालिक तथा गाउँपालिकाहरुमा ६१ वटा लघुजलविद्युत योजना निमार्ण सम्पन्न भैसकेको छन । ३८ वटा योजनाहरु निमार्णाधीन अवस्थामा रहेका छन् ।
‘पहिला पहिला घट्ट पिस्नका लागि पनि आउन–जान एक दिन लाग्थ्यो’, दाँतोलाका विष्णु जेठाराले भन्नुभयो, ‘बिजुली आएपछि गाउँमै घट्ट छ, उज्यालोको पर्याप्त व्यवस्था छ । गाउँमा झिलिमिली छ ।’ विद्युत निमार्ण भएपछि उज्यालो मात्र नभएर स–साना उद्योग, सूचना प्रविधिमा आधारित व्यापार व्यवसाय गर्नका लागि सहज भएको र विद्युतले गाउँको अनुहार नै फेरेको उहाँको भनाइ छ ।
उर्जा शाखाका अनुसार पछिल्लो समय बझाङ जिल्लाका १७ हजार २ सय ९१ घरधुरीमा जलविद्युत सेवा पुगिसकेको छ भने केही वर्षभित्रै जिल्लाभरका सबै घरधुरीहरुमा जलविद्युत सेवा पुग्ने जिल्ला विकास समितिको अनुमान छ ।
‘मिसन बनाएर काम गर्दा तीन वर्षभित्र बझाङका सबै घरमा जलविद्युत सेवा पुर्याउन सकिने श्रोत र सम्भावना रहेको छ’, जिल्लाका १० गाउँपालिका र दुई वटा नगरपालिकामध्ये अहिले बिजुली नबलेको कुनै गाउँपालिका तथा नगरपालिका बाँकी छैनन् ।’
जिल्लाभर बनेका लद्युजलविद्युतमा बैकल्पिक उर्जा प्रर्वधन केन्द्रको अनुदान, तत्कालीन जिल्ला विकास समिति र अन्य विभिन्न गैरसरकारी संस्थाले लगानी गरेका छन् । यसमा स्थानीयको श्रमदानले पनि छोटो अवधिमा धेरै विद्युत उत्पादन गर्न सम्भव भएको जिल्ला समितिका संयोजक खड्कबहादुर खड्काले बताउनुभयो ।
गाउँमा विद्युत पुगेपछि टुकी र झरो बाल्नु पर्ने बाध्यता हटेको छ भने दुर्गम गाउँहरुमा पनि सूचना र सञ्चारको पहुँच पुगेको छ । विद्युतले गाउँको विकासको ढोका नै खोलेको स्थानीयहरुको भनाई छ ।
‘बिजुली पुगेपछि धेरै फाइदा भएको छ’, छविसपाथीभेरा गाउँपालिकाका धनलाल भण्डारीले भन्नुभयो, ‘टीभी के हो भनेर थाहा नपाएका हामी दुर्गमका मान्छेले घरमै टीभी हेर्न पाएका छौं, केटाकेटीले उज्यालोमा पढ्न पाएका छन् । सीप हुनेले उद्योगधन्दा चलाएका छन् ।’
योसँगै बझाङ जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएपछि बझाङ जिल्ला झन् उज्यालोमय बनेको स्थानीयबासिन्दाको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।