नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
धनुषा – घरको कामकाजको विषयमा विवाद हुँदा जनकपुरमा आमाले छोरीको हत्या गरेको रहस्य खुलेको छ ।
जनकपुर उपमहानगरपालिका –२४, सोनापाडा बस्ने ४० वर्षकी आमा राजकुमारी मण्डलले आफ्नी छोरी १६ वर्षकी छोरी सोनी मण्डलको हत्या गरेको रहस्य खुलेको हो । घटनापश्चात प्रहरीले आमा राजकुमारीसहित चारजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार घटनाको रहस्य सार्वजनिक गरेको छ ।
यसरी गयाे साेनीकाे ज्यान
घटना मंसिर १२ गते गत बुधबारको हो । फर्निचर व्यवसाय गर्दै आइरहेका रामवरण मण्डलकी छोरी सोनी आफ्नै घरमा मृत फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालयले सोनीको शव बरामद गरेपछि अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा कक्षा ८ मा अध्ययनरत सोनीले घरको काममा त्यति सहयोग नगरेको विषयलाई लिएर आमासँग पटक–पटक विवाद हुुँदै आएको देखिएको छ । जसको कारण सोनीले छुट्टै खाना पकाएर खाने गरेकी थिइन् । खाना पकाउने विषयमा गएको बुधबार दिउँसो ४ बजे आमाछोरीको बीचमा विवाद भएको थियो ।
झगडाकै क्रममा छोरी सोनीले ढोकामा लगाउने आग्लो (बिलैया) ले प्रहार गरी आमाको घाँटीसमेत थिचेकी थिइन् । आमा राजकुमारीले प्रतिकारको क्रममा छोरी सोनीको घाँटी थिचेकी थिइन् । जसको क्रममा केही बेरमा सोनी बेहोस भएर भूइँमा ढलिन् । यसअघि पनि झगडा हुँदा बेहोस हुने नाटक गर्ने गरेकोले यसपटक पनि नाटक गरेको आमा राजकुमारीलाई लागेको थियो । तर पछि हेर्दा छोरी सोनीको मृत्यु भइसकेको आमा राजकुमारीले थाहा पाइन् ।
त्यसपछि मृत्यु भएकी छोरी सोनीलाई अमा राजकुमारीले अन्य दुईजना छिमेकी महिलाको सहयोगमा खाटमा राख्न लगाएको बयान प्रहरीसमक्ष दिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।