उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट नेपाली चलचित्र ‘प्रसाद’ प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिज पाएका कारण पनि दर्शकको मन जित्नेमा निर्माण टिम आशावादि देखिएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भए सँगै चलचित्र बजारमा प्रसादको चर्चा थप चुलिएको थियो ।
चलचित्रमा समावेश गीतलाई पनि दर्शकले रुचाएका छन् । नेपालमा प्रदर्शन हुनु अगावै चलचित्रको विदेशी डिमाण्ड उच्च थियो । अहिले पनि देशहरुमा चलचित्रको माग भइरहेको निर्देशक दिनेश राउत बताउँछन् । चलचित्रको आधा लगानी ओभरसिज राइट्सबाटै उठेको बताइएको छ ।
चलचित्रमा निश्चल बस्नेत, विपिन कार्की, नम्रता श्रेष्ठलगायत काकलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रले विवाह भइसके पश्चात पनि सन्तान नभएको र त्यसैकारण कारण अाई परेका विभिन्न उतार चडावको कथा प्रस्तुत गरेको छ ।
चलचित्रमा विपिन कार्कीले ग्रामीण भेगको एक दलित युवाको भूमिका निर्वाह गरेका छन् । यता नायिका नम्रता श्रेष्ठ उनै विपिनकी श्रीमतीका रुपमा प्रस्तुत भएकी छिन् । चलचित्रको कथा विपिन, नम्रता र निश्चलकै वरिपरि घुमेको छ ।
सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रसाद’को पटकथा सुशील पौडेलले लेखेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसालको संगीत रहेको छ ।
– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।