नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध
मंसिर १६, २०८१ आइतबार
चीनमा सम्पन्न मिस वर्ल्ड २०१८ काे उपाधि मेक्सिकाेले जितेकाे छ ।
अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिकाे, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलकाे मन जित्दै मेक्सिकाेकी सुन्दरी भेनेसा दे लिअाेनले मिस वर्ल्ड २०१८काे ताज पहिरिएकी हुन् ।
१३ जना निर्णायकले अन्तिम ५ प्रतिस्पर्धीमध्येबाट भेनेसालार्इ उपाधि विजेता घाेषणा गरेका थिए ।
युगाण्डा, मेक्सिकाे तथा थाइल्याण्डले सबैभन्दा बढी पब्लिक भाेट पाएका थिए । थाइल्याण्डकी प्रतियाेगी रनर अप हुन सफल भइन् ।
नेपालकी श्रृङ्खला खतिवडा भने अन्तिम १२ सम्ममात्र पुग्न सफल भइन् । यस पटक भारत भने अन्तिम १२ मा पनि पर्न सकेन ।
अन्तिम ५ मा पर्नका लागि मिस वर्ल्ड एसिया एण्ड अाेसियानिया २०१८ काे उपाधि जित्नु जरुरी थियाे तर त्याे उपाधि थाइल्याण्डले जितेसँगै नेपाल तथा श्रृङ्खलाकाे उपाधि यात्रामा विराम लागेकाे हाे ।
अन्तिम ५ मा पुग्न नसके पनि उनले मल्टिमिडिया र ब्यूटी विद् अ पर्पस अवार्ड जितेर भने धेरैको मन जित्न सफल भएकी थिइन् । ब्यूटी विद् अ पर्पस जितेपछि प्रतिक्रिया दिँदै उनले त्याे अवार्ड जित्नु मिस वर्ल्डकाे ताज जितेसरह भएकाे बताएकी थिइन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Lb khaptari
Dec. 8, 2018, 9:30 p.m.We known this events however we proud of shrinkhala