नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विभिन्न देशबीचको आपसी साझेदारीबाट आप्रवासी श्रमिकहरूको रोजगारीको गुणस्तर बढाउन सकिने बताउनुभएको छ।
आप्रवासी कामदारका समस्या समाधान गर्न मोरक्कोको माराकेसमा भएको सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता जीसीएम महासभामा उहाँले श्रमिक आपूर्ति गर्ने देशहरूबीच साझेदारी हुनुपर्नेमा जोड दिनुभयो । यस्तै मानव श्रमलाई मेसिनसँग तुलना गर्न नहुने भन्दै उहाँले मानव श्रमको गरिमा संसारमै अमूल्य रहेको पनि बताउनुभयो । मन्त्री विष्ट कोलम्बो प्रोसेसका १२ देशहरूको नेतृत्व गर्दै मोरक्को जानुभएको हो ।
यसअघि मन्त्री विष्टले गर्नुभएको अंग्रेजी सम्बोधनको निकै चर्चा भएको थियो । उहाँले अंग्रेजी बोल्न नजानेको भन्दै एकथरीले आलोचना गरेका थिए । तर मोरक्कोमा भएको सम्बोधनमा भने मन्त्री विष्टको अंग्रेजी भाषण निकै राम्रो सुनिएको छ । हेर्नुहोस् भिडियो :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।