मध्यस्थकर्ता नरहने गरी विदेशी कामदार भर्ती गर्ने मलेसियाको तयारी

 पुष ४, २०७५ बुधबार १८:९:४९ | उज्यालो सहकर्मी

काठमाडौं– मलेसियाले मध्यस्थकर्ता नरहने गरी विदेशी कामदार भर्ती गर्ने तयारी गरेको छ । विदेशी कामदार भर्तीमा मध्यस्थकर्ताले धेरै पैसा लिने र शोषण गर्ने गरेको भन्दै मलेसियाले यस्तो तयारी गरेको हो ।

मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरनले मध्यस्थकर्ताबाट कामदार भर्ती गर्दा धेरै रकम खर्च भएको र कामदारलाई पनि आर्थिक भार परेको भन्दै त्यस्ता मध्यस्थकर्ताबिना नै कामदार भर्ती गर्ने बताउनुभएको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् । 

मलेसिया जाने कामदारबाट भिसा प्रक्रिया र स्वस्थ्य परीक्षणका नाममा आर्थिक शोषण भएको भन्दै नेपालले कामदार पठाउन रोकेपछि मलेसियाले गएको कात्तिक १२ गते नेपालसँग श्रम समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।

जसमा नेपालबाट जाने कामदारको लागत सबै रोजगारदाताले नै व्यहोर्ने व्यवस्था छ । तर पनि मलेसियाको रोजगारीको ढोका भने अझै खुलेको छैन ।

 नेपालसँग जस्तै बंगलादेश, इन्डोनेसिया र भियतनामसँग पनि श्रम समझदारी गर्ने मलेसियाको तयारी छ । 

मलेसियामा उद्योगदेखि निर्माण र कृषिको काममा विदेशी कामदारहरुको संख्या धेरै छ । यी कामको लागि मलेसिया जान मध्यस्थकर्तालाई धेरै रकम दिन कामदार बाध्य छन् ।

जसका कारण कामदरले वषौंको कमाई पनि ऋण तिर्नमा खर्च भएको भन्दै यो प्रवृतिलाई आधुनिक समयको ऋण बन्धनको संज्ञा दिँदै मलेसियाले मध्यस्थकर्ता हटाउने तयारी थालेको बताएको छ । 

नेपाल, बंग्लादेश र इण्डोनेसियाका  झण्डै २० लाख नागरिक मलेसियामा वैधानिक रुपमा काम गरिरहेका छन् । मलेसियामा सबैभन्दा धेरै कामदार पठाउने यी तीन देश हुन् । श्रम स्वीकृति बिनै पनि काम गर्ने विदेशी कामदारको संख्या धेरै छ ।
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया