उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
नेपाली सिनेमाका दुई स्टार भनेर अनमोल केसी र प्रदीप खड्कालाई लिने गरिन्छ । युवा स्टारको सूचीमा अगाडि देखिएका अनमोल सायद एक्लै यो उमेर समूहका स्टार बनिरहन्थे होला तर उनका लागि प्रदीप खड्का ‘थ्रेट’बनेका छन् । भन्दा त यीदुवैले हामीबीच प्रतिस्पर्धा छैन भन्लान् । तर एक प्रकारले दुवैबीच चर्को प्रतियोगिता छ भन्ने देखाउँछ ।
पछिल्लो उदाहरण नै लिऔँ – जुन दिन अनमोल अभिनित फिल्म ‘क्याप्टेन’को गीत रिलिज हुने कार्यक्रम थियो, त्यही दिन नै प्रदीप खड्का अभिनित फिल्म ‘लिलिबिली’ पनि हलमा रिलिज गरिएको केही महिनामै युट्युबमा अपलोड गरियो ।
एउटा त फिल्मको गीत, अर्को पूरै फिल्म । यसरी हेर्दा फिल्म प्रति दर्शकको रुची हुनु नौलो होइन । यता अनमोल अभिनित ‘रहर छ सँगै’बोलको गीत एकाएक ट्रेन्डिङमा आयो । प्रदीप पनि यूट्युबको नेपाल ट्रेन्डिङमा पछिपछि आइरहेका थिए ।
धेरैलाई याद नै छ, प्रदीपकै अभिनय रहेको अर्को फिल्म ‘प्रेम गीत २’पनि केही हप्ताअघि मात्र यूट्युबमा रिलिज गरिएको थियो । यो चलचित्र भने झण्डै एक हप्ता नै ट्रेन्डिङमा बसेको थियो । अहिले यूट्युबमा अनमोल र प्रदीप जुधिरहँदा अर्को रमाइलो के भएको छ भने ती दुवै स्टारलाई सामाजिक सञ्जालबाट भाइरल भएका बाल गायक अशोक दर्जीले उछिनेका छन् ।
– उज्यालो र गफगाफ डटकमको सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।